मा. सामाजिक विकास मन्त्री जीवन घिमिरेले आज मानव सेवा ग्रामको शिलान्यास गर्नुभएको छ। उक्त कार्यक्रममा मा. सामाजिक विकास राज्य मन्त्री जसमाया गजमेर, मा. उद्योग वन तथा पर्यटन राज्य मन्त्री विजय विश्वास, बागमती प्रदेश सभा सदस्य, सामाजिक विकास मन्त्रालय का सचिव, मानव सेवा ग्राम का केन्द्रिय अध्यक्ष राम जी अधिकारी, रमेश प्रसाइ, श्रीङ्खला खतिवडा, मन्त्रालय तथा विभिन्न पार्टीका प्रतिनिधि, पत्रकार एवं स्थानीय बासिन्दाहरुको उपस्थित रहेको थियो।